Logo

विश्वकै पहिलो घटनाः पान्डाले बच्चा जन्मायो



चेङ्दु, २३ जेठ । चीनको सिचुआन प्रान्तको राजधानी चेङ्दुमा संरक्षित पान्डाले यस वर्षकै पहिलो बच्चा जन्माएको छ । स्थानीय अधिकारीहरुले सन् २०१९ मै संरक्षित पान्डाले बच्चा जन्माएको यो विश्वमै पहिलो घटना भएको बताएका छन् ।

चेङ्दुस्थित जाइन्ट पान्डा ब्रिडिङ अनुसन्धान केन्द्रमा बुधबार १६६।८ ग्रामको पोथी पान्डाको जन्म भएको हो । जी ली नाम दिइएको आमा पान्डाले बच्चालाई राम्रोसँग हेरचाह गरेको पनि अधिकारीहरुले बताएका छन् । जी लीको यो दोस्रो सन्तान हो । जी ली सन् २००७ मा जन्मिएकी थिई ।

गत वर्षको नोभेम्बरसम्म विश्वभर नै संरक्षित पान्डाको संख्या ५४८ वटा रहेको छ । हाल विश्वभर दुई हजारभन्दा कम संख्यामा मात्र पान्डाहरु जंगलमा रहेका छन् । चीनमा सिचुआन र शाङ्सी प्रान्तमा पान्डा भेटिन्छन् ।एजेन्सी



प्रतिक्रिया दिनुहोस्

Screenshot