Logo

गौरीसंग विवाह गर्न शाहरुखको यस्तो चलाखि



मुम्बई २१, असार । बलिउडका सबैभन्दा मायालु जोडीको कुरागर्नुपर्दा शाहरुख खान र गौरी खानको नाम पहिलो स्थानमा आउन्छ । २७ वर्षदेखी एकअर्काको साथ निभाईरहेका उनिहरुको प्रेम कहानिले बेलाबेलामा चर्चा पाईरहेको पाईन्छ ।

शाहरुख खान र गौरीको प्रेम सम्बन्ध स्कुलका दिन देखीनै सुरुभएको थियो । दुबैले आफ्नो मायालाई एउटा निश्चित बिन्दुमा पुर्याउन निकै कशरत गर्नू परेको थियो । शाहरुख खान मुस्लिम भएका कारण यो नाता गौरीको परिवारलाई मान्य थिएन ।

१८ वर्षको उमेरमा दुबैजनाका साथिको पार्टीकोे समयमा गौरी संग १९८४ उनको भेट भएको थियो । त्यसपछि एक अर्काको साथ पाँउनकालागि निकै दौडधूप गर्नुपरेको उनिहरु बताउन्छन ।

शाहरुखले गौरीको परिवारलाई प्रभावित पार्नका लागि पाँच वर्षसम्म झुटो बोलेका थिए जस्तो कि उनले आफ्नो नामपनि बदलेका थिए । अन्तमा गएर शाहरुख गौरीका परिवारलाई प्रभावित पार्न सफल र २५ अक्टुवर १९९१ मा उनिहरुले विवाह गरेका थिए ।

शाहरुख गौरीलाई यसकारण बढि माया गर्छन कि गौरी घेरै नै इमान्दार छिन र यि दुबैको कुरामा पनि एउटै भावना रहेको पाईन्छ ।
एजेन्सिको सहयोगमा



प्रतिक्रिया दिनुहोस्