Logo

लोकसेवा बिज्ञापन बिरुद्ध राजधानीमा प्रर्दशन (फोटोफिचर)



काठमाडौं, जेष्ठ २४ । समावेशी समानुपातिक सिद्वान्तको भावना र मर्म बिपरित प्रकाशित गरिएको भन्दै लोकसेवा आगोगको बिज्ञापन खारेजीको माग गरिएको छ । अखिल नेपाल आदिबासी जनजाति महासंघ, आदिबासी जनजाति राष्ट्रिय आन्दोलन नेपाल र पहिचानमा आधारित संघीय गठबन्धनले आज राजधानीमा उक्त बिज्ञापन खारेजीको माग गरेका छन ।

असमावेशी विज्ञापन खारेज गर, संवैधानिक अधिकार सुनिश्चित गर, संवैधानिक सिन्द्वान्तको भावना र मर्म बिपरित खोलेको लोकसेवा आयोगको बिज्ञापन तुरुन्त खारेज गर भन्दै प्रर्दशनकारीले नारा लगाएका थिए ।

फोटोः मुकुन्द कालिकोटे/ReportersNepal



प्रतिक्रिया दिनुहोस्