नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले पार्टीले अहिले आफ्ना कार्यकर्तालाई सक्रिय बनाउनुका साथै सरकारको गतिविधिमाथि ध्यान दिन आग्रह गर्नुभएको छ ।
सुनसरीको तरहरामा आज आयोजित जनजागरण अभियान कार्यक्रममा उहाँले देशमा अराजकता बढ्दै गएको र सरकारको कामहरु सन्तोषजनक नभएको दाबी गर्नुभयो ।जनताको आवश्यकताको विषयमा भन्दा पनि लोकप्रियता बटुल्न सरकार लागि परेको उहाँको आरोप थियो ।
सांसद तथा पूर्वयातायात राज्यमन्त्री सीताराम मेहेताले पार्टी अहिले सङ्गठनात्मक क्रियाकलापसहित सक्रिय बन्दै गएको दाबी गर्नुभयो । कार्यक्रममा पार्टीका क्षेत्रीय सभापति मणिराम श्रेष्ठ, इटहरीका सभापति हेमकर्ण पौडेल, विमला ढकाल, क्षेत्रीय सचिव रमेश पोखरेललगायतले तीनै तहका सरकारलाई नागरिक हित र मुलुकको समृद्धि सम्बन्धमा निर्वाचनमा मतदातालाई दिलाएको विश्वासबमोजिम काम गर्न अपिल गर्नुभएको थियो ।