Logo

सोमबार चार अर्बको ट्रेजरी बिल बिक्री हुँदै



नेपाल राष्ट्र बैंकले रु चार अर्ब नौ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले एक सूचनामार्फत यही जेठ २७ गते सोमबार उक्त परिमाणको टे«जरी बिल बिक्री गर्न लागेको जानकारी दिएको छ ।

बैंकले यसअघि पनि रु पाँच अर्ब १३ करोड बराबरको टे«जरी बिल बिक्री गरेको थियो । केन्द्रीय बैंकले पछिल्ला दिनमा टे«जरी बिल र रिपोमार्फत तरलता व्यवस्थापनको काम नियमित गर्दै आएको छ ।रासस



प्रतिक्रिया दिनुहोस्