Logo

मोदी बिस्केकमा



नयाँ दिल्ली, ३० जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कजाकिस्तानको राजधानी बिस्केक जानु भएको छ । उहाँ साङ्घाई सहयोग संगठन ९एससीओ०को सम्मेलनमा भाग लिन त्यहाँ जानु भएको भारतीय विदेश मन्त्रालयले बिहीबार जनाएको छ ।

भारतीय प्रधानमन्त्री मोदी गत महिना मात्र दोस्रो पटक भारतको प्रधानमन्त्रीमा नियुक्त हुनु भएको थियो । उहाँ एससिओ सम्मेलनमा पनि दोस्रो पटक भाग लिन लाग्नुभएको हो । गत वर्ष चीनमा सम्पन्न यस सम्मेलनमा मोदी जानु भएको थियो ।

भारतीय जनता पार्टीको नेतृत्व गर्दै गत आमनिर्वाचनमा पुनः सफल हुनुभएका प्रधानमन्त्री मोदीका कारण विश्वव्यापी रुपमा भारतको उपस्थिति बलियो देखाउने अवसर प्राप्त हुने विदेश मन्त्रालयले जनाएको छ ।

एससिओको शिखर सम्मेलनका अतिरिक्त प्रधानमन्त्री मोदीले केही देशका राष्ट्र प्रमुखहरुसँग द्विपक्षीय हितका विषयमा छलफल गर्नु हुनेछ ।एजेन्सी



प्रतिक्रिया दिनुहोस्

Screenshot