Logo

सार्वजनिक सवारीको भाडा वृद्धि, अब यात्रुबस चढ्नेवित्तिकै १५ रुपैयाँ



काठमाडौं, ३० जेठ ।  सरकारले सार्वजनिक भाडाका सवारी साधनको भाडा वृद्धि गरेको छ । १० देखि २० प्रतिशतसम्म वृद्धि गरिएको भाडा १ असारबाट लागू हुने यातायात व्यवस्था विभागले बतायो ।
यसअघि ७ असोज २०६५ मा भाडा वृद्धि गरिएको थियो । हालको वृद्धि अनुसार छोटो दुरीको ० देखि ४ कि.मि. सम्मले १५ रुपैयाँ तिर्नुपर्नेछ । यसअघि उक्त दुरीको मूल्य १४ रुपैयाँ थियो । ८ किलोमिटरसम्म २० रुपैयाँ भाडा तिर्नुपर्ने हुन्छ ।

लामो दुरीमा पनि मूल्य वृद्धि गरिएको छ । छोटो दुरीमा अब न्यूनतम शुल्क १५ भएको छ । २४ भाद्र २०७२ मा भाडा वृद्धि भएको तीन वर्षपछि भाडा वृद्धि भएको थियो । यसपटक ८ महिना नबित्दै भाडा वृद्धि गरिएको छ ।

यातायात व्यवसायीले इन्धनको मूल्य वृद्धि र बजार भाउ वृद्धिको कारण देखाउँदै मूल्य समायोजनको माग राख्दै आएका थिए । सरकारले कर वृद्धि गर्दा इन्धनको मूल्य बढेको थियो । सवारी साधनको पार्टपूर्जा, श्रमिकको तलब सेवा सुविधालगायतमा वृद्धि गर्नुपरेको भन्दै यातायात व्यवसायी असन्तुष्ट थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot