Logo

गुठी प्रथा समाजवादी हो कि सामन्तवादी ?



सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले गुठी प्रथालाई सामन्तवादको एउटा स्वरुप भनेका छन् । बिहिबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकारको प्रश्नमा गुठीलाई सामन्तवादको प्रतिनिधित्व भनेका हुन् ।

गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक, २०७५ विवादास्पद भइरहँदा सरकारका प्रवक्ताको गुठी प्रथाविरुद्ध अभिव्यक्ति आएको हो । उनले भने,‘गुठी सामन्दवादी उत्पादनसँग जोडिउको छ,’ मन्त्री बास्कोटाले भने,‘हामीले सामन्तवादलाई भत्काउने कि नभत्काउने ?’

गुठी प्रथालाई हलिया, कमलरी र बेखारी जस्ता सामन्तवादी स्वरुपहरु भउको बास्कोटाको तर्क थियो । गुठीले सामन्तवाको आर्थिक, सामाजिक र राजनीतिक चरित्रको प्रतिनिधित्व गरेको उनको भनाई थियो ।

गुठी विधेयकको बचाऊ गर्दै बास्कोटाले गुठीको नामका जग्गा व्यक्तिको नाममा दर्ता दिनुपर्ने शैलीमा आफ्नै जिल्लामा निजी गुठीमा कमाई खाइआएकाले जग्गा राखेर ऋण समेत झिक्न नपाएको बताए । उत्पादनसँग जोडे ।

सरकारले गुठी प्रथामा सुधार गरी संस्कृतिको बचाऊ गर्ने दाबी गरे । संस्कृतिमाथि हस्तक्षेप गर्ने कुनै नीति नभएको उनको भनाई थियो ।
सामन्तवादी प्रथा कि समाजवादी

गुठी प्रथा समाजवादको परम्परागत नमूना हो । गुठीमा राखिएको सम्पत्ति सर्वसाधारणको हितका लागि हुने र कसैको व्यक्तिगत स्वार्थमा प्रयोग गर्न नपाउने नीति अन्र्तगत पर्दछ ।

समाजको हितका लागि प्रयोगमा ल्याउने भएकाले यो समाजवादको उत्तम अभ्यास हो । नेपाली समाजले दुई हजार वर्ष अगाडि देखि अभ्यास गरेको प्रथामा सुधारका नाममा जग्गा तथा सम्पत्ति व्यक्तिको बनाउने चलखेल राणकाल हुँदै शाहकालसम्म चलिरह्यो । २०४६ र २०६३ सालको परिवर्तनपछि गुठीको जग्गा हडप्ने चलखेल चलिरह्यो ।

अहिले गुठीको जग्गा हडपेर नवधनाढ्य र कुलिनहरुले भव्य महल ठड्याएका छन् । सार्वजनिक मठ मन्दिर, पोखरी, बगैचाका जग्गा मासिएको छ । समग्र समाजको सम्पत्ति व्यक्तिको बनाउने प्रवृत्ति हावी हुँदा सरकारका प्रवक्ताले गुठी जग्गालाई सामन्तवादी स्वरुप भन्नुले गुठी प्रथामाथि सरकार कठोर बनेको सन्देश प्रवाह भएको छ ।



प्रतिक्रिया दिनुहोस्