जेठ ३१, काठमाण्डौ । कञ्चनपुर र रामेछापमा भएका छुट्टाछुट्टै सडक दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । घटनामा १४ जना घाइते छन् । कञ्चनपुरको भीमदत्तनगरपालिका–८ बनगाउँस्थित पूर्वपश्चिम राजमार्गमा शुक्रबार बिहान जेसिबीले ठक्कर दिँदा अटोरिक्सामा रहेका तीन सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।
पश्चिम दिशातर्फ आइरहेको से १ त ७३३ नंको जेसिबीले ठक्कर दिँदा मे १ ह ७६३ नम्बरको अटोरिक्सामा सवार एक महिला र दुई पुरुषको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । अटोमा रहेका पाँच घाइते भएका छन् । घाइतेको भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालमा उपचार हँुदैछ । उहाँले घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ ।
रामेछापमा भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् । काठमाडौबाट रामेछापतर्फ गइरहेको बा २ ख ७२४२ नम्बरको अरनिको यातायात सेवा समितिको बस गएराति लखनपुरको गुरासेँमा दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु हुनेमा रामेछाप दोरम्बा गाउँपालिका ६ का उद्धव गौतम र हरिबहादुर कार्कीको सनाखत भएको छ ।
दुर्घटनापछि उपचारको लागि काभ्रेको धुलिखेल लैजाने क्रममा उनीहरुको बीच बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । दुर्घटनामा घाइते भएका १३ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
गाडी सडकबाट झण्डै ५० मिटर तल खसेको छ । चालकले रक्सी खाएर गाडी चलाउँदा दुर्घटना भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।