काठमाडौं ३२ जेठ । विकास खर्च शीर्षकमै सरकारले दिएको थप साढे ६ करोड रुपैयाँले संसदले ११ वटा गाडी खरिद गर्दैछ । संसद सचिवालयले संसदीय समिति सभापतिहरुका लागि गाडी खरिद प्रक्रिया अघि बढाइसकेको हो ।
११ गाडी खरिदका लागि टेन्डर आह्वान गरिएको र टेन्डरको म्याद १ असारमा सकिएपछि कम्पनी छनोट गरेर खरिद गरिने सचिवालयले जनाएको छ ।
जब कि एक महिना अघिमात्रै सचिवालयले अर्थ मन्त्रालयको स्वीकृतिमा पाँचवटा गाडी किनेको थियो । अहिले संघीय संसदमा ९२ गाडी छन् । –नयाँ पत्रिका दैनिकबाट