गुजरात, ३२ जेठ । भारतको गुजरात राज्यको सुरेन्द्र नगर जिल्लास्थित थानगढमा एकजना दलित युवक प्रकाश कान्तिभाईको बुधवार अबेर राति छुरा हानेर हत्या गरिएको छ । प्रहरीका अनुसार, तीन जनाले प्रकाशको घरमा गएर आक्रमण गरेका थिए । आक्रमणमा घाइते भएका प्रकाशको अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । यस आक्रमणमा परी अन्य दुईजना गम्भीर घाइते भएका जनाइएको छ ।
प्रकाश थानगढस्थित सेरामिक कारखानामा कार्यरत मजदुर थिए । उनको परिवारमा पत्नी र दुई छोराछोरी छन् ।प्रकाशको हत्यापश्चात् दलित समुदायले प्रहरी चौकी अगाडि धर्ना प्रदर्शन गरेर र शव लिन अस्वीकार गरेका थिए । बुधवार अबेर राती थानगढको मफतियापरा क्षेत्रमा भएको आक्रमणमा गम्भीर घाइते भएका प्रकाशलाई उपचारका लागि राजकोट लगिएको उनको उपचारका क्रममा उनको मृत्यु भएको थियो ।
प्र्रकाश र उनको परिवार आफ्नै घरमा बसिरहेको अवस्थामा मानिसहरू घर बाहिर आएर अपशब्द बोल्न शुरू गरेका प्रकाशका काका बाबुभाई परमारले बीबीसी गुजरातीसँग बताएका छन् । उनीहरूले आफ्नो जातिलाई जोडेर नराम्रो कुराहरू भन्दैे आफ्ना भतिजाको बारेमा सोध्न थालेका बाबु्भाईले बताएका छन् ।
प्राय भतिजा प्रकाशको घरमा बस्ने गरेका बाबुभाईको त्यस दिन भने उनी बाहिरबाट आएका र थाकेकाले प्रकाशको घर गएका थिएनन् ।
उक्त घटनाको अनुसन्धान गरिरहेका प्रहरी अधिकारी डीवी बासियाले बीबीसी गुजरातीलाई बताए छन् । घटनापछि दलित समाजले प्रकाशको शव लिन अस्वीकार गरेका र त्यसले गर्दा त्यस क्षेत्रमा तनाव थप बढेको बताइएको थियो । उनीहरूले धर्ना दिएर आरोपीलाई पक्राउ गर्न माग गरेका छन् ।
करिब छ घण्टासम्म प्रहरीसँग भएको छलफलपश्चात् पीडित परिवारले प्रकाशको शव बुझ्न तयार भएका थिए । तर बारम्बार आफूहरु यता पिडाबाट गुजरिनु परेको र आफूहरु यस क्षेत्रमा नबस्ने बताउँदै सो दलित परिवारले सरकारसँग कुनै सुरक्षित स्थानमा बस्ने व्यवस्था गरिदिन माग गरेका बताइएको छ ।एजेन्सी