Logo

स्वर्गद्वारीको जग्गा हडप्न भूमाफियाले यसरी बनाए रणनीति



काठमाडौं, १ असार । स्वर्गद्वारी मन्दिर संचालनका लागि भनी राखिएको गुठीमा दाङ, प्युठानलगायतका जिल्लामा हजारौं बिगाहा जग्गा छ । मन्दिरको जग्गामा सयौं वर्षदेखि किसानले खेती गर्दै आएका छन् । पुस्तौं देखि जग्गा कमाई खाएकाहरुले विक्रीवितरण गर्न नपाएका कारण पनि दाङमा ती जग्गा जोगिएका छन् ।

अहिले स्वर्गद्वारीको त्यही जग्गामा भूमाफियाको आँखा छ । स्वर्गद्वारीको हजारौं रोपनी जग्गा हडपिएको तथ्य खुलिसकेको छ । त्यसमा भूमाफिया लागेका थिए । अहिले किसानले उपयोग गरेको त्यो जग्गा हडप्न तिनै भूमाफियाले जग्गा रैकर नम्बरीमा परिणत गर्ने पहल गर्दै आएका छन् ।

संयोगकी योजना

जग्गाको महत्व र मूल्य बढ्दै गएपछि स्वर्गद्वारीको जग्गामा आँखा लगाउनेहरु धेरै निस्किए । यही बेलामा सरकारले गुठी सम्बन्धी विधेयक ल्याएको छ । विधेयकले यस्ता जग्गालाई रैतान बनाउने बाटो खुल्नेछ । किसानलाई भूमिविहिन बनाएर पूँजीपतिको हातमा जग्गा पु¥याउन खोजिदैछ । यो संयोग हो कि योजना ?

किसानले जग्गा आफ्नो बनाउन पाएन र विक्री वितरण गर्न पाएन भनी सत्तारुढ दलका सांसद मात्र नभई सरकारका प्रवक्ता समेत चर्को स्वर निकाल्दैछन् । गुठीको जग्गा जोताहा किसानले उपभोग गर्न मज्जैले पाएको छ । तर, बेच्न पाएन भनेर किन चिन्ता ?

शान्ता चौधरीको चासो

दाङ शान्ता चौधरीको स्थायी घर हो । त्यहाँ मठ मन्दिरको संचालनका लागि खोलिएका गुठी छन् । स्वर्गद्वारीको जग्गा धेरै छ । जग्गामा भूमाफिया लागेर कब्जा गर्ने र किर्ते गरी रैतानी बनाउने क्रम चल्दै आएको छ ।

नेपाल कम्युनिष्ट पार्टीकी सचेतक शान्ता चौधरीले गुठी विधेयक फिर्ता नहुने बनाइन् । शनिबार प्राइम टाइम टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा ऋषि धमलासँगको अन्तवार्तामा किसानको हितका लागि सरकारले विधेयक ल्याएकाले कुनै हालतमा फिर्ता लिन नहुने बताएकी हुन् ।

प्रहरीले सोचेर सम्झेर, अध्ययन गरेर आवश्यक ठानेर ल्याएको बताउँदै विधयेक शोषण, उत्पीडन, अन्याय र अत्याचारमा परेकाका लागि आएको दाबी गरिन् । गुठी विधेयकको पक्षमा बोल्दै यसले किसानको हित गर्ने दाबी गरिन् । चौधरीले स्वर्गद्वारीको १२ सय बिघा जग्गाबारे उल्लेख गर्दै जग्गा जोतभोग गर्दै आएका किसानतर्फ पनि ध्यान दिनुपर्ने बताइन् ।

थारुले स्वर्गद्वारी जोगाएको दाबी

शान्ता चौधरीले स्वर्गद्वारी दाङका थारुले जोगाएको दाबी गरिन् । स्वर्गद्वारीका महन्थका काठमाडौंमा महल भएको तर मन्दिर संरक्षण गर्नेको बच्चा पढ्न नपाएको बताइन् । उनले भनिन्,‘ किसानको ठेला परेका छन् । तिनका विषयमा लेख्नुपर्दैन ।’

उनले एउटा मन्दिरको लागि सदन अवरुद्ध गर्न तयार हुने, मूर्तिका लागि यत्रो आवाज उठ्ने तर मूर्ति जोगाउनेका लागि कुनै आवाज छैन ? भन्दै प्रश्न गरिन् । मन्दिरको नाममा बोल्ने, मूर्तिको नाममा बोल्ने, गुठियारको नाममा बोल्ने तर गरिबी किसानको नाममा बोल्ने कि नबोल्ने ? चौधरीले प्रश्न गरिन् । मान्छेलाई रुवाएर भगवानलाई हसाउने जस्तो गतिविधि भइरहेको आरोप लगाइन् ।

किसानको पक्षमा वर्तमान सरकार रहेको भन्दै विधेयकलाई नकारात्मक ढंगले प्रचार गरिएको आरोप लगाइन् । विधेयकबारे भ्रम सृजना गरिएको आरोप लगाइन् । २०४१ देखि २०६४ सम्म विधेयक आएको आयै भएपनि अहिले चर्को आवाज निकालिएको बताइन् । उनले भनिन्,‘उहाँहरुले विधेयक ल्याउनुभएको होइन । गिरिजाप्रसाद कोइराला देखि शेरबहादुर देउवा सम्मले विधेयक ल्याए । विगतमा विधेयक पास हुन पाए ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot