Logo

३० हजार घूस खाने नापीका कर्मचारीमाथि मुद्दा



काठमाडौं, १ असार । ३० हजार घूस खाने नापी कार्यालय ललितपुरका कर्मचारीमाथि मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार सेवाग्राहीसँग घुस लिएवापत् रङ्गेहात पक्राऊ परेका नापी सर्वेक्षक उपेन्द्र प्रसाद यादव र कार्यालय सहयोगी राजन बिष्टमाथि विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारका अनुसार यादव र बिष्टले जग्गा नापजाँच गर्ने काममा आलटाल गरी रेखाङ्कन गर्ने प्रयोजनका लागि विभिन्न बहाना बनाई सेवाग्राहीसँग ३० हजार घुस लिएका थिए । अख्तियारका अनुसार बिष्टलाई यादवले घुस लिन लगाएका थिए ।
रङ्गेहात पक्राऊ परेकाले सप्रमाण पक्राऊ गरी विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot