काठमाडौं २ असार । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ। निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार सबै पेट्रोलियम पदार्थमा प्रतिलिटर २ रुपैयाँका दरले मूल्य घटाएको छ।
नयाँ मूल्यअनुसार काठमाडौंको पेट्रोलको १ सय ८ रुपैयाँ, डिजेल र मट्टितेलको ९६.५० रुपैयाँ प्रतिलिटर भएको छ। उनले हवाई इन्धन र एलपी ग्याँसको खुद्रा बिक्री मूल्य भने यथावत राखिएको जानकारी दिए।