संविधानसभा सदस्य धनिराम पौडेलको निधनप्रति राष्ट्रियसभाको बैठकले शोक प्रस्ताव पारित गरेको छ । पूर्वसभासद् पौडेलको ५३ वर्षको उमेरमा जेठ ३१ गते चितवनको माडीमा हृदयाघातका कारण निधन भएको थियो ।
नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का केन्द्रीय सदस्य स्व पौडेल पूर्वशिक्षामन्त्रीसमेत हुनुहुन्थ्यो । सादा जीवन पद्धतिमा विश्वास गर्नुहुने पौडेल लोकतान्त्रिक आन्दोलनका अगुवा हुनुहुन्थ्यो । आजको बैठकले उहाँको आत्माको चिरशान्तिको कामना गर्दै शोक–सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।
शोक प्रस्तावअघि आजै राष्ट्रिय सरोकार तथा समन्वय समितिकी सभापति दिलकुमारी रावल थापा ९पार्वती० ले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निजगढ बाराको स्थलगत अनुगमनसम्बन्धी प्रतिवेदन पेश गर्नुभएको थियो । सभाको अर्को बैठक मङ्गलबार संसद्भवन बानेश्वरमा बस्ने जनाइएको छ ।