Logo

एउटै पेनाल्टी दुईपटक प्रहार, नाइजेरिया पराजित



काठमाडौं, असार ३ । महिला विश्वकप फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा फ्रान्सले नाइजेरियालाई १–० ले हराएको छ ।एउटै पेनाल्टी दुईपटक प्रहार गर्न पाएको आयोजक फ्रान्सले नाइजेरियालाई पराजित गर्न सफल भएको हो ।

पहिलो हाफमा गोलरहित रहे पनि खेलको ७५ औँ मिनेटमा नाइजेरियाका इवेरी दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिन पुगे । नाइजेरियाको टोली १० खेलाडीमा सीमित रहेको समयमा विविएनी एसियीमाथि भएको फउलको समयमा फ्रान्सले पेनाल्टीको मौका पाएको थियो ।

फ्रान्सकी वेन्डी रेनार्डले पेनाल्टी प्रहार गरिन्, तर नाइजेरियाकी गोलरक्षक चिएमाका नाडोजिएले चाँडै नै लाइनबाट क्रस गरेकाले रेनार्डले फेरि पेनाल्टी प्रहार गर्न पाइन् । पुनः प्रहार गरेको पेनाल्टीमा रेनार्डले गोल गरिन् र फ्रान्स १–० ले विजयी भयो ।एजेन्सी



प्रतिक्रिया दिनुहोस्