Logo

घूस बाँडी खाने इञ्जिनियरद्वय पक्राऊ



काठमाडौं, ३ असार । ७० हजार घूस खाने इञ्जिनियरहरु पक्राऊ परेका छन् । भोजपुर हतुवागढी गाउँपालिकामा कार्यरत उनीहरुलाई बाटो ममर्तको भुक्तानी दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिएपछि रङ्गेहात पक्राऊ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

पक्राऊ पर्नेहरुमा इन्जिनियर मिसुहाङ्ग किराँत र सव इन्जिनियर नइन्द्र पारोहाङ्ग राई छन् । किराँतको साथबाट ५० हजार र राईको साथबाट २० हजार गरी कुल ७० हजार बरामद भएको अख्तियारले जनाएको छ । उनीहरुले घुसवापत्को रकम बाँडिसकेका थिए ।

अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार दुवैमाथि छानविन भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्