Logo

धमलालाई आक्रोशित हुँदै ओलीले औंला ठड्याएपछि… (भिडियो सहित)



काठमाडौं, ३ असार । रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलालाई प्रधानमन्त्री केपी शर्मा ओलीले औंला ठड्याएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आयोजित पत्रकार सम्मेलनपछि ओलीसँग कुराकानी गर्न पुगेका धमलालाई सिधै औंला ठड्याएका हुन् ।

धमलालाई औंला ठड्याउने क्रममा ओली निकै गम्भीर मुद्रामा थिए । ओलीले तपाईंलाई के भन्नुभयो भनी धमलालाई सोध्दा उनले आफूले लिएको अन्तवार्ताबारे कुराकानी भएको बताए ।
प्रधानमन्त्रीले धमलालाई औंला ठड्याएर आक्रोश देखाउँदा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल हाँसेका थिए । गृहमन्त्री रामबहादुर थापा बादल र ऊर्जामन्त्री वर्षमान पुन साथमा थिए ।

प्रधानमन्त्रीले औंला ठड्याउँदा धमला हाँसीमात्र रहे । ओलीले धमलालाई पक्कै केही गम्भीर विषयमा प्रश्न उठाएको हुनसक्ने नजिकै रहेका एक पत्रकारले बताए ।

 

तस्वीर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्