काठमाडौं, ३ असार । कर्णाली नदीमा वेपत्ता जीप अझै फेला पर्न सकेको छैन । हुम्लाको खार्पुनाथ गाउँपालिका याङ्चु जाँदै गरेको लु १ ज ७१६६ नम्बरको बस बेडिबिसौनीमा दुर्घटना भएको थियो ।
जीप ५० मिटर तल भीरबाट गुल्टेर वेपत्ता भएको थियो । वेपत्ता जीपमा १६ जना सवार थिए ।
वेपत्ता हुनेहरुमा खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष शिन्धु हमाल शाही, चालक मणि शाही, यात्रुहरु चन्द्र हमाल, वसन्ती शाही, नन्ददेवी सिंह, ढुक्कु भण्डारीलगायत छन् ।
वेपत्ता हुनेहरुमा दुई वर्षको बालक समेत रहेको प्रहरीले जनाएको छ ।
कर्णाली नदीको तिव्र बहाव र धमिलो पानीका कारण उद्धारमा समस्या भएको खोजीमा संलग्न एक प्रहरीले रिपोर्टर्स नेपाललाई जानकारी गराए ।