Logo

सफाई कर्मचारीले आत्महत्या गरेपछि समता अस्पतालमा लफडा



काठमाडौं, ३ असार । समता अस्पतालकी कर्मचारीले आत्महत्या गरेपछि संचालक उत्तम सञ्जेललाई प्रहरीले सोधपुछ गरेको छ । रामेछाप दोरम्बा घर भएकी २७ वर्षीया विमला तामाङले सोमबार राती बौद्धस्थित अस्पताल परिसरमै घाँटीमा पासो लगाई आत्महत्या गरेपछि छानविनका क्रममा सञ्जेलसँग सोधपुछ गरिएको हो ।

तामाङको मृत्यु रहस्यमी भएको भन्दै आफन्तले उजूरी दिएपछि अनुसन्धानका क्रममा प्रहरीले सोधपुछ थालेको छ । दुई महिना अघिमात्र अस्पतालमा काम शुरु गरेकी तामाङको मृत्युपछि आफन्तले गहिरो अनुसन्धानको माग राखेका छन् । प्रहरीले अस्पतालमा कार्यरत अन्य कर्मचारीसँग पनि सोधपुछ गरेको छ ।

तामाङले मृत्युको कारणबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्