Logo

धमला भाइरलः ओलीले आफ्नै नाक किन देखाए ? (भिडियो सहित)



काठमाडौं, ४ असार । मङ्गलबार अपरान्ह प्रधानमन्त्री कार्यालय सिंहदरबारमा रोचक दृश्य देखियो । रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमला पत्रकार सम्मेलनको समाप्तीसँगै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न पुगे ।

हुरदुरिदै पुगेका धमलालाई देख्ने वित्तिकै ओलीले औंला ठड्याए । कडा स्वरले भने,‘संस्कृतिमाथि छुरी धस्ने भन्ने ?’
धमला हाँसीमात्र राखे । ओली निकै झोक्किएपछि धमलाले भने,‘त्यस्तो होइन प्रधानमन्त्रीज्यू ।’ हेर्ने म छु भन्दै ओलीले आफ्नै नाकमा औंला लगे ।

ओली आक्रोशित हुँदा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल मुस्कुराइरहे । गृहमन्त्री रामबहादुर थापा बादल गम्भीर बने । ऊर्जामन्त्री वर्षमान पुन हेरिमात्र रहे ।
ओलीले धमलालाई औंला ठड्याएको दृश्य सामाजक सञ्जालमा भाइरल बनेको छ । धमलामाथि ओलीको हमलाले राजनीतिवृत्तमा समेत चर्चा पाएको छ ।



प्रतिक्रिया दिनुहोस्