साउदी राजकुमार मोहम्मद बिन सलमानमाथि पत्रकार जमाल कसोगीको हत्याको अभियोग लाग्ने भएको छ । हत्यामा उनको संलग्नताको ठोस प्रमाण फेला परेपछि अभियोग लाग्ने भएको हो ।
संयुक्त राष्ट्रसंघको गैर न्यायिक हत्यासम्बन्धि अनुसन्धानकर्ता आग्नेज कालामार्डले रिपोर्ट तयार गरी खसोगीको हत्यामा साउदी अरेबिया जिम्मेवार रहेको उल्लेख गरेकी छिन् । विश्वसनीय प्रमाण फेला परेपछि साउदी राजकुमार सलमानसहित उच्च अधिकारीहरु अनुसन्धानको दायरामा परेका छन् ।
रिपोर्टले कसैलाई दोषी नदेखाएपनि राजकुमार सलमानसहित उच्च साउदी अधिकारीहरुतर्फ अनुसन्धानको सुई घुमाउने आधार दिएको छ । २ अक्टोबर २०१८ मा टर्कीस्थित साउदी दूतावासमा विशेष टोली पुगेर खसोगीको हत्या गरेको थियो । हत्यापछि साउदी सरकारको विश्वभरबाट आलोचना भएको थियो ।