Logo

चीनका राष्ट्रपति पुगे उत्तर कोरिया



चिनियाँ राष्ट्रपति सि जिङपिङ पहिलोपटक उत्तर कोरिया पुगेका छन् । उनी बिहिबार उत्तर कोरिया पुगेका हुन् । सीले उत्तर कोरियाली नेता किम जोङ उनसँग भेटवार्ता गरिसकेका छन् ।

चिनियाँ राष्ट्रपतिबाट १४ वर्षपछि भएको यो भ्रमणलाई अन्तर्राष्ट्रिय जगतमा चासोका साथ लिइएको छ । जापानमा आयोजना हुन गइरहेको जी २० सम्मेलनमा सहभागी हुनुभन्दा एक हप्ता अघि सि उत्तर कोरिया पुगेका हुन् । जापानमा सीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट्नेछन् ।

दुई दिने भ्रमणमा चिनियाँ राष्ट्रपतिले आणवीय मामलामा कुराकानी गर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । उत्तर कोरियाली आणविक योजनाबारे अमेरिकाले निकै चासो दिइरहेको । उसलाई आणविक योजना त्याग्न लगाउन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कदम चाल्दै आएका छन् । उनले उत्तर कोरियाली नेता किम जोङ उनसँग ऐतिहासिक भेटवार्ता गरिसकेका छन् ।

चीन उत्तर कोरियाको सबैभन्दा नजिकको मित्रराष्ट्र मानिन्छ । उत्तर कोरियाको राजनीतिमा चीनको विशेष प्रभाव छ ।



प्रतिक्रिया दिनुहोस्