Logo

अमिताभ बच्चनकी नातिनी र मिजानको फोटो भाइरल बनेपछि



नयाँदिल्ली । बलिउडकर्मी जावेद जाफरीका छोरा मिजानले अमिताभ बच्चनकी नातिनी नब्या नबेली नन्दासँग नजिकिएको भन्नेबारे आएका समाचारको खण्डन गरेका छन् ।

पछिल्लो दुई वर्षयता मिजान र नब्याको अफेयरको चर्चा मिडियामा हुँदैआएको छ । २०१८ मा उनीहरुको एक फोटो भाइरल नै भएको थियो ।
यसअघि २०१७ जुलाइमा दुबैजना एउटा पार्टीबाट फर्किँदै गरेको फोटो सार्वजनिक भएको थियो । बलिउडमा करिअर बनाउने तयारीमा रहेका मिजानले एक अनलाइनलाई दिएको अन्तर्वार्ता अनुसार उनी आफ्नो असल साथी भएको स्पष्टिकरण दिएका थिए । यस्तो बताएका हुन् ।
उनले नब्या आफ्नो बहिनीको अति मिल्ने साथी भएको भन्दै आफूहरुबीच प्रेम सम्बन्ध नरहेको बताएका थिए । साथै आफूहरु एउटै मित्रता समूहको रहेको उनको भनाइ रहेकोे थियो । भारतीय मिडियाहरु भने अमिताभकी नातिनीसँग मिजानको लभ अफेयर्स नै भएको टिप्पणी गर्दैआएका छन् ।



प्रतिक्रिया दिनुहोस्