Logo

सुजाता हत्याका अभियुक्त पक्राउ



सुजाता तामाङको हत्या आरोपित पक्राउ परेका छन्। मंगलबार पाँचथरको गोपेटारस्थित एनएमबी माइक्रोफाइनान्समा कार्यरत इलाम घर भएकी २० वर्षीया सुजाता हत्याको आरोपमा हिलिहाङ गाउँपालिका ६ का १९ वर्षीय घनेन्द्र लावतीलाई बिहीबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार सुजाताको साथबाट लुटिएको ८१ हजार ७० रुपैयाँ र हत्यामा प्रयोग भएको खुकुरीसहित लावतीलाई नियन्त्रणमा लिएको हो ।

हिलिहाङ ६ रातमाटेमा लघुवित्त समूहको बैठक सञ्चालनसँगै ब्याज र किस्ता संकलन गरेर फर्कदै गरेकी तामाङको असार ३ गते धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो।पैसाकै लोभमा तामाङको हत्या गरेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot