Logo

छुरा प्रहार गर्ने दुई पक्राऊ



काठमाडौं, ६ असार । छुरा प्रहार गरी फरार दुई युवक पक्राऊ परेका छन् । जडिबुटीमा २४ वर्षीय सुवास बुढाथोकीलाई छुरा प्रहार गरी फरार दुईजनालाई बिहिबार पक्राऊ गरिएको प्रहरीले जनाएको छ ।
पक्राऊ पर्नेहरुमा १९ वर्षीय डिम्पल घिसिङ र २० वर्षीय आशिष वयलकोटी छन् ।

महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले घटनाको चार घन्टाभित्र अभियुक्तद्वयलाई पक्राऊ गरेको हो । उनीहरुको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot