Logo

ग्यास लाइटर उद्योगमा आगलागी हुँदा कम्तीमा २२ जनाको मृत्यु



काठमाडौं ७ असार । इन्डोनेसियाको उत्तरी सुमात्रा क्षेत्रमा रहेको ग्यास लाइटर उद्योगमा आगलागी हुँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ भने अन्य केही व्यक्ति घाइते भएका इन्डोनेसियाली अधिकारीले जनाएका छन् ।

उत्तरी सुमात्रा प्रान्तको बिन्जाई शहरमा रहेको उक्त लाइटर उद्योगमा शुक्रबार विहान ११ः३० बजे आगलागी भएको हो ।

बिन्जाई विपत नियन्त्रण कार्यालयका कर्मचारी ओकीलाई उद्धृत गरी स्थानीय सञ्चारमाध्यमले घटनाबारे भनेका छन्, “लाइटर उद्योगको भण्डार क्षेत्रबाट आगलागी शुरू भएको र यसबाट कम्तीमा २२ जनाको मृत्यु भएको छ । उक्त घटनामा थप केही व्यक्तिलाई घाइते अवस्थामा उद्धार गरिएको छ ।”

मृतकका शरीर अन्तिम परिक्षणका लागि नजिर्कको सरकारी अस्पतालमा लगिएको छ । साथै स्थानीयबासी, प्रहरी र दमकलको सहयोगमा आगलागी करीब दुई घण्टापछि नियन्त्रणमा लिइएको छ ।

एक प्रत्यक्षदर्शीका अनुसार आगलागी हुनुभन्दा पहिले ठूलो विस्फोटको आवाज सुनिएको र उक्त अवसरमा उद्योगमा कार्यरत प्राय सवै श्रमिक कोठाभित्र रहेका थिए । घटनाबारे प्रहरीले आगलागीको कारणबारे अनुसन्धान थालेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot