Logo

सोनम कपुर र आनन्द आहुजा यसरी मजा लिदै जापानमा, तस्विर हुँदै भाइरल



काठमाडौं, ८ असार । बलिउड अभिनेत्री सोनम कपुर आनन्द आहुजासँग छुट्टी मनाइरहेकी छिन् । यद्यपि, उनले सोसल मिडियामा आफ्ना फ्यानका लागि तस्बिर सेयर गर्न भुलेकी छैनन् । सोनमका केही फोटो सोसल मिडियामा भाइरल भइराखेका छन् । यद्यपि, केही फ्यानले भने सोनमको जापान भ्रमणप्रति चिन्ता व्यक्त गरिरहेका छन् । कारण, जापानमा हालै ६।४ रेक्टर स्केलको भूकम्प गएको छ । यसमा करिब १६ मानिस घाइते भए ।

नयाँ पत्रिकाका लेखेकोे समाचार अनुसार भूकम्पपछि सुनामी आउने चेतावनी आएको छ । त्यसैले, कमेन्ट गर्ने अधिकांश फ्यानले सोनमलाई चाँडै जापान छोड्न आग्रह गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot