Logo

जय शम्भु ! गलबन्दी च्यातियो



काठमाडौं, ८ असार । अन्ततः शम्भु राईको जीत भएको छ । गायन र संगितको क्षेत्रमा चर्चाभन्दा मिहेनतमा विश्वास गर्ने शम्भु राईको ‘आउ नाचौं साथी हो कम्मर कसेर’ गीतको संगित गलबन्दी च्यातियो बोलको गीतसँग लय भाका हुबहु भएको ठहर कला क्षेत्रका संघसंस्थाहरुबाट हुन थालेको छ ।

गलबन्दी च्यातियोका संगितकारले नियतवश लय भाका हुबहु बनाएको ठहर किराती नव सांस्कृतिक केन्द्रले गरेको छ । अध्यक्ष राकेश किरातीले प्रेस विज्ञप्तिमार्फत् चलाखीपूर्ण ढंगले लय भाका मिलाएको ठहर गरेको हो ।

कला क्षेत्रमा चोरी चकारीका कारण सृजनाहरु ऋपमान र असुरक्षित भएको भन्दै चर्चित हुने प्रवृत्रि र लोभ लालचले सृजनशिलता नै शुन्य हुने खतरा बढेकोतर्फ सचेत गराइएको छ । शम्भु राईलाई क्षतिपूर्ति सहित न्याय प्रदान गर्न माग समेत गरिएको छ ।

यसअघि गलबन्दी च्यातियो बोलको गीतका संगितकार प्रकाश सपूतले लय भाका संयोगले मिल्न गएको स्वीकारिसकेका छन् । उनले नियतवश नभई संयोगले मात्र भएको दाबी गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot