Logo

श्रीमान विदेशमा रहेको बेला परपुरुषको संगत, यसरी भयो पर्दाफास



काठमाडौं, असार ९ । समाजमा अहिले यौन जन्य अपराधहरु वढि रहेका छन । पारिवारिक आवश्यक्ता पुरा गर्न विदेशिने क्रममा कयौ घर बरवाद हुन पुगेका निकै उदाहरण पछिल्लो समय समाचारका विषय बनेका छन । त्यस्तै घटना हालै काभ्रेमा पनि वाहिर आएको छ । परपुरुषसँग यौन सम्बन्ध कायम गरी नवजात शिशुको हत्या गरेको आरोपमा प्रहरीले काभ्रेपलाञ्चोकमा एक महिलालाई पक्राउ गरेको छ ।

पाँचखाल नगरपालिका वडा नं ८ बस्ने माइली तामाङलाई ज्याम्दीमण्डन गाविस–९ स्थित माइती घर बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिनुभयो ।

उहाँले प्रहरीको अनुसन्धानबाट आफ्नो श्रीमान् विदेश भएको अवस्थामा यौन सम्बन्ध राखेपछि गर्भ रहेको र यही माघ १२ गते गाविसको जङ्गलमा नवजात शिशुको शव फालिएको अवस्थामा भेटिएको बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot