काठमडौं, ९ असार । कञ्चनपुर भन्सारका नायब सुब्बा रामप्रसाद भट्टराईमाथि दुई करोड रकम अवैध आर्जन गरेको अभियोगमा मुद्या दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार उनले गैरकानुनी रुपमा आर्जन गरेको उक्त रकमको स्रोत नखुलेपछि मुद्या दायर गरिएको हो ।
विभिन्न कार्यालयमा रहँदा आर्जन गरेको अवैध रकम दुई करोड आठ हजार पाँच सय ४० रुपैयाँ रहेको ठहर अख्तियारको छ । उक्त रकम जफतको मागदाबी सहित सोमबार विशेष अदालतमा मुद्या दायर गरिएको हो ।