Logo

बाटो छेकी हप्ता असुल्ने इन्स्पेक्टरलाई अख्तियार लाग्यो



रुपन्देही, ९ असार । बालुवा र ढुङ्गाको ढुवानी गर्ने ट्याक्टरसँग हप्ता असुली गर्ने प्रहरी निरीक्षकमाथि अख्तियारले मुद्या दायर गरेको छ । इलाका प्रहरी कार्यालय रन्यौरा, रुपन्देहीका प्रहरी निरीक्षक केशवबहादुर बस्नेतमाथि हप्ता असुलीवापत्को १५ हजारसहित रङ्गेहात पक्राऊ गरेपछि अख्तियारले सोमबार मुद्या दायर गरेको हो ।

बस्नेतले गैडहवा गाउँपालिका अन्र्तगतको नदीबाट नियमानुसार प्रक्रिया पूरा गरी बालुवा र ढुंगा निकालेर ढुवानी गर्ने ट्याक्टरहरुलाई हप्ता असुली गरेर हैरान पार्थे । प्रति ट्याक्टरवापत् रकम असुल्दै आएका उनीमाथि उजूरी परेको थियो ।

अख्तियारले उनलाई १५ हजार रुपैयाँ घुससहित रङ्गेहात पक्राऊ गरेको थियो । उनीमाथि अख्तियारले विशेष अदालतमा मुद्या दायर गरेको हो ।



प्रतिक्रिया दिनुहोस्