Logo

दुईवटा वडा कार्यालयमा आगजनी



काठमाडौ, असार १० । सोमबार राति अछामका दुईवटा वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । पन्चदेवल विनायक नगरपालिकाको ३ र ढकारी गाउँपालिकाको ५ नम्बर वडामा आगजनी भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी जनकबहादुर शाहीले जानकारी दिए ।

पन्चदेवल बिनायकको ३ नम्बर वडामा राति २ बजेको समयमा आएको करीब ५र६ जनाको समूहले पेट्रोल छर्केर आगजनी गरेको स्थानीयको भनाइ छ। भुईतलामा रहेका ४ वटा कोठाहरु पन्चदेवल बिनायक नगरपालिका–३ को वडा कार्यालयले प्रयोग गरिरहेको थियो। आगजनीबाट कार्यालयभित्र रहेका १ थान कम्प्युटर, प्रिन्टर, २ वटा रिभल्बिङ कुर्सी, टेबुल लगायत वडाका महत्वपूर्ण कागजात जलेर नस्ट भएका छन्।

यता ढकारी गाउँपालिका ५ मा भने प्रहरी घटनास्थलमा पुग्न सकेको छैन। गाउँपालिका केन्द्रबाट पैदल २ घन्टाको दुरीमा रहेको वडा कार्यालयमा भएको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot