सुनको जस्तो देखिने बुद्धको मूर्ति देखाई ठगी गर्न खोज्ने चारजना पक्राऊ परेका छन् । महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले वनस्थलीबाट सुनको हो भनी ६० लाख रुपैयाँमा कुराकानी भइरहँदा मंगलबार साँझ पक्राऊ गरेको हो ।
पक्राऊ पर्नेहरुमा वसन्त श्रेष्ठ, रामराजा शिवाकोटी, मिनबहादुर कमाल र अनिल बानियाँ रहेको प्रहरीले जनाएको छ । मूर्तिसहित फेला परेका चार जनामाथि छानविन भइरहेको छ ।