Logo

गलबन्दीको संगित चोरिएको प्रमाणित भएपछि गले प्रकाश सपूत



सहमति पछि अब गलबन्दीको संगित सर्जकमा शम्भु राई
काठमाडौं, ११ असार । अब गलबन्दी च्यातियो बोलको गीतको संगित सर्जकमा शम्भु राईको नाम आउने भएको छ । प्रकाश सपुतले संगित चोरिएको स्वीकार्दै सर्जकमा शम्भु राईको नाम राख्ने सहमतिमा हस्ताक्षर गरेका छन् ।

लय र भाका चोरेको भन्दै गायकद्वय शम्भु राई र प्रकाश सपूतबीचको विवाद संसदसम्म पुगेको थियो । गायक शम्भु राई र प्रकाश सपुतले बुधबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै सहमति भएको जानकारी दिएका छन् । गलबन्दी च्यातियो बोलेको गीतको संगित सृजनामा शम्भु राई सर्जकका रुपमा उल्लेख हुने भएका छन् । पुनः संगित सृजनामा प्रकाश सपूत हुनेगरी युट्युवमा समेत सच्याउने सहमति भएको छ । दुवैले भविष्यमा विवाद नगर्ने गरी बुधबार सहमति गरेका हुन् ।

सहमति अनुसार शम्भु राईले प्रतिलिपि अधिकारको लागि दिएको निवेदन फिर्ता लिने, गलबन्दी च्यातियो बोलको गीतको प्रतिलिपि अधिकार प्रकाश सपूतकै अधिकार रहने, रोयल्टीमा पनि शम्भु राईले दाबी नगर्ने सहमति भएको हो ।

सहमतिपछि दुई गायकबीचको विवाद टुंगिएको छ । यसअघि दुवै सर्जकबीच मात्र नभई स्रोताबीच पनि आरोप प्रत्यारोप चलेको थियो ।

गायन र संगितको क्षेत्रमा चर्चाभन्दा मिहेनतमा विश्वास गर्ने शम्भु राईको ‘आउ नाचौं साथी हो कम्मर कसेर’ गीतको संगित गलबन्दी च्यातियो बोलको गीतसँग लय भाका हुबहु भएको ठहर कला क्षेत्रका संघसंस्थाहरुबाट भएको थियो ।



प्रतिक्रिया दिनुहोस्