Logo

४० हजारले डुवाएको बिष्णु माझीको जिवन



काठमाडौँ, असार ११ । लोक दोहरीको संसारमा बिष्णु माझीको आफ्नै पहिचान रहेको छ । कुनै समय त्यस्तो थियो उनको आगमनले दोहरी जगतमा हलचल नै मच्चिएको थियो । बिमाकुमारी दुरा, लक्ष्मी न्यौपाने, शर्मिला गुरुङ्को स्वरलाई टक्कर दिने स्वर भन्थे धरैले उनको गलालाई ।

स्थापित कलाकारको एक छत्र राज गर्न तोड्न धेरै समय नै लागेन उनका गलालाई ।

त्यसो त बिष्णु माझीलाई यो पेशामा स्थापित गराउने श्रेय जान्छ उनका पति सुन्दरमणी अधिकारीलाई । अधिकारीले नै बिष्णुलाई गायन क्षेत्रमा ल्याएका थिए । काठमाण्डुमा अधिकारी र माझी ‘लिभिङ् टुगेदर’का रुपमा बस्न थाले । यो खवर सार्वजनिक बहश बन्यो । अन्ततः अधिकारीले बिष्णु माझीलाई नै बिहे गरे ।

त्यतिबेला बिष्णु माझीले गीत गाएपछि लिने पारिश्रमिकको रेट ठ्याक्कै यति भन्ने थिएन । २५ सयदेखि गीत गाउन थालेकी बिष्णु माझीले आफ्नो रेट बढाएर एकै चोटी १२ हजार पुर्‍याईन् ।क्यासेटको जमाना रहेको त्यतिबेला उनले एक साइडमा मात्रै गीत गाउने घोषणा गरिन् । रेट बढेसंगै उनको बिकल्प खोजी हुन थाल्यो ।

त्यसपछि पनि बिस्तारै यो जोडी सांगीतिक बजारमा खुवै चर्चामा रह्यो । केही बर्ष पछि उनले एउटा गीत गाएको ४० हजार रुपैया सम्म लिन थालिन् । जुन नेपाली लोक गीतसंगीतको इतिहासमा अहिलेसम्म कसैले त्यो रेकर्ड तोड्न सकेको छैन ।

बजार सेलाएर पुरै डामाडोल भएका बेला उनले चालिस हजारमा एउटा गीत गाउन थालेपछि उनको बिकल्पको खोजी मात्र भएन, विस्तारै उनले रेकर्डिङ्ग स्टुडियो समेत देख्न मुश्किल पर्न थाल्यो ।

चालिस हजारमा लोक दोहोरी गीतको एउटा पुरै एल्वम तयार हुने त्यो समयमा बिष्णुले रेट महंगो बनाएपछि उनले व्यवसायिक कलाकारको गीत गाउन पाउन छाडिन ।

बिष्णुले चालिस हजार लिन थालेपछि उनको बिकल्पमा पूर्णकला बिसी, देवी घर्ती, टिका पुन, जुना श्रीसलाई हुँदै अहिले चर्चामा रहेकि शान्तिश्री परियार सम्मको जन्म भएको अनुमान कलाकार तथा संगितकर्मीहरुका भनाई रहदै आएको छ ।
पांच हजार गीतहरुमा आफ्नो गलाको जादु देखाई सकेकी माझी अझै विदेश तथा स्वदेशमा हुँने कुनै पनि कार्यक्रममा सहभागी भएकि छैनन् । । संगीतकर्मीहरु यसको सवै अपजस उनका श्रीमान् सुन्दरमणी अधिकारीलाई दिने गरेको पाइन्छ । हालसालै उनले गाएको ‘सालको पात’ले चर्चा खवै बटुल्न सफल भएपनि घरबाट गीत रेर्कडिङको लागि स्टुडियो जाँदा पनि उनले मुख छोपेर हिड्ने
छोडेकि छैनन्। एक शब्दमा भन्नु पर्दा चर्चित तर गुमनाम गायिकाको रुपमा उनले आफ्नो पहिचान बनाउदै लगेकि छन ।



प्रतिक्रिया दिनुहोस्