Logo

यो तस्विर हेरेर किन रोईरहेको छ संसार



काठमाडौं, असार १२ । विश्वलाई नै तरंगित बनाउने बाबुछोरी नदी छेउमा डुबेको एउटा फोटो अहिले विश्वभर भाइरल भइरहेको छ। यो फोटो देख्ने हरेकको मन नै सिरिङ्ग हुने खालको छ। एक बाबु र ढाडमा रहेको उनकी सानी छोरी पानीमा डुबेको अबस्थामा छ। जुन तस्बीर हेर्दा हर कसैको आखाबाट आसु बग्न थाल्छ। यो फोटो सामाजिक संजाल देखि मिडियासम्म बहसको बिषय बनिरहेको छ। मेक्सिको–अमेरिका सीमास्थित रहेको रियो ग्रान्डे नदीमा दुवै जना डुबेको अवस्थामा भेटिएको हो। मनै छिया छिया बनाउने यो तस्बिरले आप्रबासीको कथालाई उजागर गरेको छ।

अमेरिका–मेक्सिको सीमामा रहेको नदीमा मृत भेटिएका बुवाछोरीको यस फोटोले जस कसैको मन पनि छियाछिया बनाउँछ। यी मृत बाबुछोरी अमेरिका प्रवेश गर्न खोज्ने एल साल्भाडोरका हुन्। मनै छिया छिया बनाउने यो तस्बिर पत्रकार जुलियाले खिचेका हुन्। जुन तस्बिरले विश्व आप्रवासी बहसमा नयाँ तरंग पैदा गराइदिएको छ। बाबु छोरि नदी तर्न खोज्ने क्रममा बगेर मृत्यु भएको अनुमान गरिएको छ। यस तस्बिरमा २३ महिनाकी सानी छोरी अझै आफ्नो पिताको ढाडमै रहेको अबस्थामा देखिन्छ। बुवाको टिर्सटभित्र टाउको छिराएको र एक हातले बाबुको घाटीमा समातेकी अबस्थामा छोरी देखिन्छिन।

न्युयोक टाइम्सका अनुसार मृत्यु हुने पिता एल साल्भाडोरमा २५ वर्षे मार्टिनेज र उनकी २३ महिनाकी छोरी भलरिया हुन्। तस्विरले आप्रवासीको अमेरिका यात्राको कति दर्दनाक छ भन्ने देखाएको छ। साल्भाडोरको परिवार आमा तानिया भनिसासहित गत हप्ता मेक्सिकोको सीमा नजिकको सहर आइपुगेको थियो।

सन् २०२० मा अमेरिकामा हुन् लागेको निर्वाचनक लागि राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासी नीतिमा कडाइँ गरेको छ। अमेरिकाले आप्रबासिलाइ रोक्न कडाइ गरेसनगै मेक्सिको लाइ पनि कडाइ गर्न लगाएको छ। आर्थिक प्रतिबन्धको त्रासका कारण मेक्सिकोले पनि आप्रवासी रोक्न प्रयास गरिरहेको छ। दुवै देशको कडाइँका कारण अमेरिका जान खोज्ने विभिन्न देशका गैरकानुनी आप्रवासी अप्ठ्यारोमा परेका छन्।

विश्वकै ध्यानाकर्षण गराएको यस दुःखद घटनाले एस साल्भाडोर सहित विश्वका सबैलाई दुखित बनाएको छ। विदेशमन्त्री अलेक्सजेन्ड्रा हिलले समेत अमेरिकाको सपना देख्दै आफ्नो ज्यान जोखिममा नपार्न सबैलाई अपिल गरेका छन्। अमेरिका जाने क्रममा मृत्यु भएका पिता र छोरीको परिवारलाई सरकारले क्षतिपूर्ति दिने राष्ट्रपति बुकिलीले घोषणा गरेका छन्।



प्रतिक्रिया दिनुहोस्