Logo

विष्णु खत्रिको ‘बर्खा’ बजार तताउदै (भिडियोसहित)



काठमाडौं, असार १२ । किसानी दाईको हलो र जुवा, बेशी खोला खेत जस्ता गीत सर्जक गायक बिष्णु खत्रीको नया बर्खे गीत’बर्खा’ बजारमा सार्वजनिक भएको छ ।

नेपाली लोक दोहोरीको क्षेत्रमा बिगत लामो समय देखि साधना गर्दै एउटा अब्बल सर्जकको नाम पाएका खत्रीको यो सृजनाले फेरी बजार तताउनेमा दुईमत छैन।

गीतमा बिष्णु खत्री र जुना श्रीषले आवाज दिएकी छिन।बिष्णु खत्रीको लय तथा शब्द सृजनामा बजारमा आएको उक्त गीतमा अभिनय पनि बिष्णु खत्री आफैले आफ्नै गाउँमा दृश्य निर्माण गरेका छन ।खत्रीलाई महिला मोडलमा अप्सना थापाले साथ् दिएकी छिन। शिबन पोख्रेलको निर्देशन र करण चैसिरको छायांकनमा तयार भएको उक्त गीत बिष्णु खत्रिकै अफिसियल युटुब च्यानल मार्फत बजारमा आएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot