
कााठमाडौं, असार १३ । रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत लिइएको कोरियन भाषा परीक्षाको नतिजा गएराति प्रकाशित भएको छ ।
गत जेठ २५ र २६ गते लिइएको भाषा परीक्षाको परीक्षाफल ईपीएसको बेवसाइटमा गएर हेर्न सकिने छ ।ईपीएस कोरिया शाखा नेपालले भाषा परीक्षाको नतिजा सार्वजनिक भएको जानकारी दिँदै यसबारे केहीबेरमा विस्तृत जानकारी दिने बताएको छ ।
कुल १० हजार ५० कोटामा ९२ हजार ३ सय ५६ युवा सहभागी भएका थिए ।