Logo

श्रीमतीको आशंका मेटाउन छिमेकीलाई जिउदै जलाइयो



काठमाडौं, असार १३ । श्रीमानसँग अवैध सम्बन्ध रहेको संकामा आफ्नै छिमेकीको हत्या गरिएको छ । भारतको उडिसा राज्यमा मृतक उषा नाम गरेकी २८ वर्षीय महिलालाई उनकै छिमेकी महिला र उनका श्रीमानले जिउँदै जलाएका छन।

घटनाका आरोपी सतीश र उनकी श्रीमती उर्मिला दुवै मिलेर हत्याको योजना बनाएका थिए ।घटना भएको केहि बेरपछि त्यहाँ प्रहरी पुग्यो अनि जलेकी महिलालाई अस्पताल भर्ती गराइयो ।

श्रीमानले आफ्नो उषासंग नाजायज सम्बन्ध रहेको संका गर्दे आएकी आफ्नी श्रीमतीको आसंखा मेटाउन छिमेकिलाई जिउदै जलाउन श्रीमतीको साथ दिएको प्रहरी संगको बयानमा बताएका छन । आफ्नो कुनै सम्बन्ध नरहेको बताउदै यदि सम्बन्ध भएको भए आफुले जलाउन सक्दैन थिए नी ? उनको भनाई रहेको छ ।

उनीहरुले उषाका श्रीमान् घरमा नभएको मौकापारी घटना घटाएका हुन । अस्पतालमा उपचार गराई रहेकि महिला अहिले खतरा मुक्त रहेको अस्पताल प्रसासनले जनाएको छ । प्रहरीले आरोपी दम्पती माथी कानुनी कारवाही चलाएको छ । एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्

Screenshot