Logo

फोहोर नउठेपछि विद्यार्थी सडकमा, गृहमन्त्री र स्वास्थ्यमन्त्रीको राजीनामा माग



काठमडौं, १५ असार । काठमाडौं उपत्यकामा फोहोर उठाउन नसकेको भन्दै भन्दै विद्यार्थीले सरकारको विरोध गरेका छन् । आइतबार दिउँसो प्रदर्शनीमार्गस्थित बाल्मिकी क्याम्पस अगाडि विद्यार्थीले विरोध प्रदर्शन गर्दै जिम्मेवार अधिकारीहरुको राजीनामा माग गरे ।

फोहोरको डंगुरले काठमाडौं उपत्यकामा रोगको खतरा बढ्दा पनि जिम्मेवारी प्रदर्शन नगरेको भन्दै उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको राजीनामा मागेका हुन् । उनीहरुले शान्तिपूर्ण विरोधमा धरपडक गरी विद्यार्थी पक्राऊ गरेको भन्दै गृहमन्त्रीको राजीनामा मागे ।
फोहोरले शैक्षिक संघसंस्थाहरु भएको इलाका दुर्गन्धित भई रोगको खतरा बढेको भन्दै तत्काल फोहोर उठाउन अल्टिमेटम दिए । त्यस क्षेत्रमा हिंडन् समेत नसकिने अवस्था भएको छ । फोहोरका कारण शैक्षिक संघसंस्थाहरुमा दुर्गन्ध बढेको छ । फोहोर नउठे योभन्दा कडा आन्दोलन गर्ने बताएका छन् ।

उपत्यकाको फोहोर डम्प गरिने नुवाकोटको सिसडोलवासीले अवरोध गरेपछि उपत्यकाको फोहोर उठ्न सकेको छैन । वासीले रोग बढेको, कृषि उत्पादन घटेको भन्दै क्षतिपूर्तिको माग राखी आन्दोलन गरिरहेका छन् ।

उपत्यकाको महत्वपूर्ण स्थानहरुमा फोहोर थुप्रिएका छन् । गर्मी र वर्षाका कारण फोहोर छरिएका छन् । राजधानीका मुख्य स्थानहरु दुर्गन्धित भएको छ । तस्वीरः इश्वर कार्की



प्रतिक्रिया दिनुहोस्