काठमाडौं, १५ असार । नक्कली प्रमाणपत्रधारी शिक्षकमाथि मुद्दा दायर भएको छ । आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल राष्ट्रिय विद्यापीठ माध्यमिक विद्यालय वीरगञ्ज, पर्सामा करारका निमावि शिक्षक कासिम अन्सारीमाथि मुद्दा दायर गरेको हो ।
अन्सारीको एसएलसी र इन्टरमिडियट तहका शैक्षिक प्रमाणपत्र नक्कली भेटिएको थियो । उनले भारतको विहार मधुवनीस्थित विद्यालयबाट एसएलसी उत्तीर्ण गरेको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेका थिए । उनीमाथि विशेष अदालतमा सजाको मागदाबी सहित आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।