Logo

चेपे नदीमा शव फालेर फरार भ्याण्टे ३० वर्षपछि प्रहरी फन्दामा



काठमाडौं, १५ असार । ३ भदौ २०४६ को साँझ लमजुङ दुधपोखरी गाउँपालिका ४ स्थित कोदो बारीमा गोरखाका बेदप्रसाद पोखरेलको लुटपाटपछि हत्या भयो । उनलाई ढुङ्गाले प्रहार गरी हत्यापछि चेपे नदीमा फालियो ।

हत्यामा संलग्न भएकामा भ्याण्टे कामीसहित पाँच जना थिए । हत्यामा संलग्नहरुको पहिचान भयो । चारजना पक्राउ परे । भ्याण्टे कामी फरार भए । १३ फागुन २०४८ मा अदालतले दोषीमाथि २० वर्षको कैद सजाय सुनायो । दोषीमध्येका अन्यले कैद भुक्तान गरे । भ्याण्टे फरार भए ।

घटनाको ३० वर्षपछि उनी पक्राउ परे । फरार भ्याण्टे कामीलाई पक्राउ परिएला भन्ने लागेकै थिएन । अहिले जिल्ला कारागार लमजुङमा कैद भुक्तानका लागि पठाइएको प्रहरीले जनाएको छ । उमेर ढल्कदै गर्दा भ्याण्टे पक्राउ परे ।



प्रतिक्रिया दिनुहोस्