Logo

अमेरिकी दूतावास प्रतिनिधि सात दिनभित्र अदालत नआए पक्राउ गर्न आदेश



काठमाडौं १६ असार । काठमाडौं जिल्ला अदालतले नेपालस्थित अमेरिकी दूतावासका प्रतिनिधिलाई बकपत्रका लागि सात दिनभित्र अदालत नआए जरिवानासहित पक्राउ पुर्जी जारी गरी उपस्थित गराउन आदेश दिएको छ ।

जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले यसअघि पनि अमेरिकी दूतावासका अनुसन्धान अधिकृत जेम्स गुआन्सीलाई साक्षीका रुपमा अदालतमा आउन आदेश गरेको थियो । आदेश अटेर गरी अदालतमा उपस्थित नभएपछि सोही इजलासले अर्को आदेश जारी गर्दै सात दिनको समय दिएको हो ।

सात दिनभित्र अदालत नआए दुई हजार रुपैयाँ जरिवानासहित पक्राउ पूर्जी जारी गरी उपस्थित गराउन दोस्रो पटक आदेश भएको हो ।

अमेरिकी डिभी चिट्ठा परेका एक नेपालीको प्रमाणपत्र नक्कली भएको भन्दै दूतावासले जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । –नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot