
काठमाडौं, १६ असार । डोटीमा सोमबार बिहान जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।
आदर्श गाउँपालिकाको मौवादहबाट सायल गाउँपालिकातर्फ जाँदै गरेको से १ च ९१७ नम्बरको जीप साइली गाड नजिकै गजेडामा दुर्घटना भएको डोटी प्रहरीले जनाएको छ ।
दुर्घटनामा चालक कटक सिलाल गम्भीर घाइते भएको र अन्य सामान्य घाईते भएको जनाइएको छ । प्रारम्भिक अनुसन्धानमा जीप मोड काट्न खोज्दा दुर्घटना भएको जनार्ईएको छ ।