Logo

संसारको सबैभन्दा शक्तिशाली नाम राख्दा बुवा–छोराले जिते अवार्ड



काठमाडौं, १७ असार । इण्डोनेशियामा एक दम्पतीले आफ्नो छोराको यति अद्भूत नाम राखिदिए कि त्यो नामले संसारको सबैभन्दा शक्तिशाली नामको अवार्ड जितेको छ ।

यी अभिभावकले छोरा ठूलो भएर नेता बन्ने अपेक्षा गरेका छन् । उनीहरुले छोराको नाम ‘गूगल’ राखिदिएका थिए । सुरुमा धेरैले खिल्ली उडाएपछि उनीहरु छोरालाई नाम भनेर बोलाउन संकोच मान्थे तर अहिले सकारात्मक प्रतिक्रिया पाएपछि उनीहरुलाई गर्व महसुस भइरहेको छ ।

बच्चाको जनम ८ महिना पहिले भएको थियो । पिता एन्डी सुपुत्रा चाहन्थे कि छोराको नाम एकदमै अलग होस् । उनले कैयौं नाम सोचे, कुरानको पनि सहयोग लिए तर उनलाई कुनै पनि नाम मन परेन । त्यसपछि उनले तय गरे कि छोराको नाम प्रविधिसँग सम्बन्धित हुनेछ ।

उनले पहिले विन्डोज, आइओएस, आइफोन र माइक्रोसफ्ट जस्ता नाम पछि सोचेका थिए । अन्ततः उनले गूगल नाम राख्ने निर्णय गरे ।

पिताका अनुसार आजको समयमा सबैभन्दा लोकप्रिय र सबैभन्दा धेरै प्रयोग हुने सर्च इन्जिन भएका कारण उनले गूगल नाम राखेका हुन् । रोचक त के भने बालकको नाम गूगल मात्र हो, उनको नामको पछाडि कुनै थर छैन ।

एन्डीले यो नामको पछाडि थर जोडेर यो नामलाई कमजोर बनाउन नचाहेको बताए । उनले भने ‘गुगलजस्तै मेरो छोराले पनि सबैको सहयोग गरोस् र सबैलाई काम लागोस् । मलाई गुगलको पिता भनियोस् ।’एजेन्सी



प्रतिक्रिया दिनुहोस्

Screenshot