Logo

गेहेन्द्र शमशेरः भारतमा जन्मेका पहिलो नेपाली बैज्ञानिक



काठमाडौं, १८ असार । बि।सं१९२८ पुसमा भारतको कोलकत्तामा जन्मिएका ‘गेहेन्द्र शमशेर जबरा’ नेपाली शाहीसेनाका जर्नेल थिए ।

तत्कालीन राणाकालको तेश्रो प्रधानमन्त्री ‘महाराजा बीर शमशेर जबरा’का जेठा छोरा थिए गेहेन्द्र । उनलाई आधिकारिक रूपमै नेपालको पहिलो वैज्ञानिक भनेर चिनिन्छ ।

घरमै अङ्ग्रेजी प्रशिक्षकसँग केहि कुरा सिकेका गेहेन्द्रले नेपालको पहिलो विध्यालय ‘दरबार हाइ स्कुल’मा पढ्न थाले । त्यहाँ पढ्ने क्रममा उनको रचनात्मकता, बोल्ने कला अनि गीत सङ्गीतमा रुची अनि खेलकुदमा रुची देखेर सबैजना छक्क पर्थे ।

दुनियाका नामी वैज्ञानिकहरू जस्तै उनले पनि अरूको कामको प्रशंसा गर्नेभन्दा बढि आफैले नयाँ र नवीन कुराहरूको रचना गर्ने गर्थे ।

बि।सं१९४२ मा उनको पिता प्रधानमन्त्री भएपछि उनलाई सानै उमेरमा नेपाली सेनाको हातहतियारको मुखिया बनाइदिएका थिए, जसले गर्दा उनले सुनौलो अवसर चाख्न पाए । उनले यस अवसरको सही सदुपयोग गरी नेपालको हातहतियारको क्षेत्रमा थुप्रै योगदान दिए ।

उनले सेनाहरूको लागि चाहिने सर(सामान तथा हात(हतियारहरूलाई विदेशबाट आयात गर्नुको सट्टा यहिँको श्रोतलाई प्रयोग गरेर यहिँ नै निर्माण गर्ने गर्थे ।

उनले त्यतिबेला पनि जमल, सुन्दरीजल, बालाजु तथा भोजपुरको मेघचन भन्ने ठाउँहरूमा नेपालकै पहिलो लघु जलविध्यूत, पानीघट्टाबाट चल्ने चामल कुट्ने मिल, हावाबाट चल्ने पानी तान्ने मोटर जस्ता थुप्रै आविष्कारहरू गरेका थिए ।

बि।सं।१९६५ मा उनले ब्रिटेनबाट ‘फोर्ड कम्पनी’को कार आयात गरेर त्यसको हरेक पार्टपुर्जाको अध्ययन गरे, आफैले बनाउनको लागि ।

उनले त्यस कारको पुरै पार्टपुर्जा फुकाले र फेरि जस्ताको तस्तै गरेर जोडिदिए । साथै उनले आफ्नै कार पनि बनाएका थिए। उनले त्यो कार तत्कालीन राजा पृथ्वी बीरबिक्रम शाहदेवलाई उपहार दिएका थिए ।

त्यतिबेला नेपालका सेनाहरूले १ नाले राइफल मात्रै चलाउँथे । तर उनले २ नाले राइफलको आविष्कार गरे र त्यसलाई ‘गे(राइफल’ ९गेहेन्द्रको ‘गे’० नाम दिए।

फेरि उनले २ नाले बन्दुकको आविष्कार गरे र त्यसलाई आफ्ना पीताको नामबाट ‘बिर(बन्दुक’ नाम दिए। त्यति मात्रै कहाँ हो र, उनले फेरि नयाँ मोडेलको तोपको आविष्कार गरे र त्यसलाई आफ्ना हजुरबुवा ‘धीर शमशेर’को नामबाट ‘धीर(तोप’ नाम दिए ।

उनका यस्ता कामले राणाहरू खुसी थिए । जब देव शमशेर जबरा प्रधान मन्त्री बने, उनले गेहेन्द्रलाई जापानी प्रविधिको जासुसी गर्न जापान पठाए। जापानबाट फर्किएपछि उनले त्यहाँकै प्रविधिमा आधारित रहेर नयाँ हातहतियारहरूको निर्माण पनि गरे ।

बिसं१९६३को दशैँको अवसरमा, आफूले निर्माण गरेको पिस्तोल कोटको खल्तीमा राखेर चन्द्र शमशेरलाई देखाउन उनी सेतो दरबार गएका थिए। चन्द्र शमशेरलाई ज्यू गर्ने बेला निहुरिँदा उनको खल्तीबाट उक्त पिस्तोल खसेको थियो ।

यहि कारण नै बि।सं।१९६४ मा उनको रहस्यमय मृत्यु भएको विश्वास गरिन्छ । गेहेन्द्र शमशेरको चर्चापरिचर्चाबाट जलेका चन्द्र शमशेरले नै उनको हत्या गरेको त्यतिबेला शङ्का गरिएको थियो। अहिलेसम्म पनि त्यसको रहस्य खुल्न सकेको छैन ।

यसरी ३५ वर्षको कलिलो उमेरमै मृत्यु भएको युवा वैज्ञानिकको आविष्कारहरूलाई छाउनीको राष्ट्रिय सङ्ग्रहालयमा संरक्षण गरेर राखिएको छ ।



प्रतिक्रिया दिनुहोस्