Logo

सञ्जय दत्तकी छोरीद्वारा ‘ब्याइफ्रेन्ड’को मृत्यु भएको पृष्टी



काठमाडौं, असार २० । बलिउड अभिनेता सञ्जय दत्तकी छोरी त्रिशाला दत्तले आफ्नो ब्याइफ्रेन्डुको मृत्यु भएको समाचार इन्स्टाग्राम मार्फत गराएकी छन ।

ब्वाइफ्रेन्डको मृत्युपछि अहिले त्रिशाला शोकमा छिन । सामाजिक सञ्जालमार्फत ब्वाइफ्रेन्डका लागि श्रद्धाञ्जली दिदै उनले समाचारको पृष्टी गरेकि हुँन ।

इटालियन मूलका नागरिकको प्रेममा रहदै आएकी त्रिशालाले उनको मृत्यु बुधबार भएको पनि उल्लेख गरेकी छन ।

इन्स्टाग्राममा त्रिशालाले लेखेकी छन् मेरो दिल टुटेको छ, मलाई माया गर्ने र मेरो सुरक्षा गर्ने तिमीप्रति आभारी छु ।

तिमीले मलाई जिन्दगीमा धेरै खुसी राख्यौ, जति म पहिले किहले हुन सकेकी थिइन । तिमी मेरो जिन्दगी थियौ । म पनि तिमीलाई अति माया गर्छु, तर हामी अब कहिले भेट्ने छैनौ ।

न्यूयोर्कको हाफ्स्ट्रा युनिवर्सिटीबाट मास्टर्स डिग्री गरिसकेकी त्रिशाला सञ्जय दत्तकी पहिलो पत्नी ऋचा शर्मातर्फको छोरी हुन् ।एजेन्सी



प्रतिक्रिया दिनुहोस्