Logo

९१ जना यात्रु सवार माछा मार्ने डुङ्गा दुर्घटना



काठमाडौं, २० असार । हन्डुरसको मस्कुइटो तटीय क्षेत्रमा बुधबार माछा मार्ने एक डुङ्गा दुर्घटनामा परी नौ माझी वेपत्ता भएका छन् ।

यस दुर्घटनामा परी कम्तीमा २७ जनाको मृत्यु भइसेकेको छ । माछा मार्नको लागि प्रायोग हुदै अएको यस डुङ्गामा ९१ जना यात्रु सवार रहेका ती मध्ये ५५ जनालाई उद्धारकर्ताहरुले जिवितै उद्धार गर्न सफल भएका छन् ।

सो दुर्घटनामा हराइरहेका ती व्यक्तिहरुको खोजी कार्य जारी रहेको उद्धारकार्यमा संलग्न अधिकारीहरुले जानकारी दिएका छन् ।

दुर्घटना भएको यस डुङ्गाको ३१ जना यात्रु बोक्ने मात्र क्षमता रहेकामा ९१ जना यात्रु सवार रहेकाले दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले जानकारी दिएको छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्