Logo

नेपाल जस्तै बन्या क्यालिफोर्निया, रोकिएन पराकम्पन आउने क्रम



काठमाडौं, २१ असार । संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियामा राज्यमा गत बिहीबार बिहान सबैरै आएको शक्तिशाली भूकम्पपछि पराकम्पनहरु आउने क्रम जारी रहेको अधिकारीहरुले जनाएका छन् ।

करिब २५ वर्षपछि क्यालिफोर्नियाको दक्षिणी क्षेत्रलाई केन्द्रबिन्दु बनाएर गत बिहीबार शक्तिशाली भूकम्प आएको थियो । सो भूकम्पपछि अरु कैयौँ शक्तिशाली पराकम्पनहरु आउनसक्ने अनुमान यहाँका भौगर्भिक क्षेत्रका अधिकारीहरुले गरेका थिए ।

अमेरिकन भौगर्भिक सर्वेक्षण संस्था ९युएसजिएस० का अनुसार अमेरिकाको क्यालिफोर्नियाको पश्चिमी क्षेत्रमा पर्ने सेरालेस उपत्यकालाई केन्द्रबिन्दु भएर ५।४ रेक्टर स्केलको पराकम्पन आएको छ । बिहीबार साँझको सो पराकम्पनपछि नागरिकहरुमा भागदौड भएको र परिस्थिति असामान्य बन्न पुगेको अमेरिकी अधिकारीहरुले जानकारी दिएका छन् ।

गत बिहीबारको भूकम्प ६।४ रेक्टर स्केलको थियो । त्यसयता करिब ८० ओटा पराकम्पनहरु आएको क्यालिफोर्नियाबाट प्राप्त समाचारमा जनाइएको छ ।

दुइ दशकभन्दा लामो समयपछि पहिलो पटक क्यालिफोर्नियामा आएको यस भूकम्पबाट करिब दुई करोडको बस्ती रहेको क्यालिफोर्नियाका मानिसमा त्रास छाएको समाचारमा जनाइएको छ ।

तर यसबाट भौतिक तथा मानवीय ठूलो मात्राको क्षति भने पुगेको छैन । केही मानिस घाइते भएका समाचारमा आएको छ । भूकम्पका कारण ग्याँसको पाइपलाइन फुटेर बाहिर निस्किएको र यसबाट आगलागी भएपछि केही घर जलेका उद्धारकर्मीहरुले जनाएका छन् ।

उनीहरुकाअनुसार उद्धारको काम जारी छ । अहिलेसम्म त्यस्तो ठूलो क्षतिको खबर प्राप्त नभएको शुक्रबार दिइएको जानकारीमा उल्लेख छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्